• गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा करीव चार लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्तापडा बरामद

एपीएफ टोलीद्वारा करीव चार लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्तापडा बरामद

Mar 19th, 2020

धनुषा, चैत ६

धनुषा जिल्लाको बिदेह नगरपालिका ९ कमलारपट्टिबाट चैत्र ६ गते एपीएफ टोलीले करीव चार लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको लत्ताकपडा बरामद गरेको छ ।

भारतबाट अवैध रुपले दुई वटा मोटरसाईकलमा राखेर नेपालतर्फ ल्याउँदै गरेको उक्त लत्ताकपडा सशस्त्र प्रहरी बल नेपाल नम्बर २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरी र नम्बर ८ गण धनुषाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो । त्यसवेला एपीएफ टोलीले उक्त लत्ताकपडा ल्याउन प्रयोग भएको दुई वटै मोटरसाईकल समेत बरामद गरेको छ ।

एपीएफ टोलीले बरामद लत्ताकपडा तथा मोटरसाईकल भन्सार कार्यालय जनकपुरमा बुझाएको छ । बरामद मोटरसाईकलको भन्सार मुल्य दुई लाख रुपैयाँ रहेको छ ।