• गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा भरुवा बन्दुकसहित दुईजना पक्राउ

एपीएफ टोलीद्वारा भरुवा बन्दुकसहित दुईजना पक्राउ

Mar 19th, 2020

बर्दिया, चैत ६

बर्दिया जिल्लाको मधुवन नगरपालिका ७ स्थित गंगा बस्तीबाट चैत्र ५ गते एपीएफ टोलीे एक नाल भरुवा बन्दुक, सोको गोली ४७ वटा, केप ८ वटा, बारुद दुई सय ५० ग्राम र २६ पिस छर्रासहित दुईजनालाई पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरुमा मधुवन नगरपालिका बस्ने ५० वर्षिय लिलबहादुर कुवँर र सोही नगरपालिका ९ बस्ने ३६ वर्षिय दिलबहादुर चौधरी छन् ।

बाटोमा लुकिछिपि बसेको अवस्थामा उनीहरुलाई सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट धनौराबाट खटिएको एपीएफ टोलीले शंका लागि जाँच गर्दा उनीहरुको साथमा उक्त भरुवा बन्दुक, गोली, केप, बारुद र छर्रा फेला परेपछि पक्राउ गरिएको हो ।

एपीएफ टोलीले त्यसबेला उनीहरुको साथबाट एउटा खुकुरी, एउटा बन्चरो, एउटा चक्कु, एउटा मोवाईल र एक थान साईकल समेत बरामद गरेको छ ।

पक्राउ परेकाहरुलाई एपीएफ टोलीले बरामद सामानसहित आवश्यक कारवाहिको लागि जिल्ला प्रहरी कार्यालय बर्दियामा बुझाएको छ ।