नेप्से १३ अंकले बढ्यो

Mar 19th, 2020

काठमाडौ, चैत ६

आज बिहिबार नेप्से १३ दसमलव पाँच अंकले बढेर १२ सय ६९ दसमलव ३० अंकमा पुुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि दुुई दसमलव तीन अंकले बढेर दुुई सय ७३ दसमलव ८२ अंकमा पुुगेको छ । एक सय ७३ कम्पनीहरुको १८ हजार सात सय ९२ वटा कारोवारमा ५१ लाख छ हजार छ सय ८१ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ९० करोड ३१ लाख ४२ हजार आठ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सात वटा समुहको सुचक बढेर पाँच वटा समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १३ दसमलव ६५ अंकले बढेर ११ सय २० दसमलव ३९ अंकमा चढेको छ । जलबिद्युुत समुहको सुचक पनि नौ दसमलव १६ अंकले बढेर नौ सय ३७ दसमलव ९२ अंकमा पुुगेको छ । निर्जिवन बीमा, जीवन बीमा, अन्य, लघुबित्त र सामुुहिक लगानी कोष समुहको सुचक पनि बढेकाछन । बिकास बैंक, फाईनान्स, टे«डिङ, होटल र उत्पादनमुुलक समुहको सुचक भने घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा सामुुदायिक लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा सेन्ट्रल फाईनान्स परेको छ । यसैगरी बढी रकम कारोवारका आधारमा भने हिमालयन डिष्ट्रिलरी प्राली परेको छ ।