• गृहपृष्ठ
  • पर्यटन मन्त्रालयद्धारा मन्त्रालय मातहतका निकायहरुलाई १४ बुुंदे निर्देशन

पर्यटन मन्त्रालयद्धारा मन्त्रालय मातहतका निकायहरुलाई १४ बुुंदे निर्देशन

Mar 19th, 2020

काठमाडौं, चैत ६

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले मन्त्रालय मातहतका सबै निकायहरुको लागुु हुुनेगरी १४ बुुंदे निर्देशन दिएको छ । सस्कृती मन्त्री योगेश भट्टराईको अध्यक्षतामा मन्त्रालय र मातहत निकायका विभागीय प्रमुख एवं प्रतिनिधिहरु समेतको उपस्थितिमा आज बिहिबार बसेको बैठकले कोभिड १९ भाईरसको सक्रमण रोक्नको लागि उक्त निर्देशन दिएको हो ।

उपप्रधानमन्त्री तथा रक्षामन्त्री ईश्वर पोखरेलको संयोजकत्वमा गठित कोभिड(१९ को संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकबाट भएका निर्णयहरु कार्यान्वयन गर्ने गराउने सन्दर्भमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री भट्टराईको अध्यक्षतामा बैठक बसेको छ । उक्त बैठकले मन्त्रालय अन्तर्गतका सबै साँस्कृतिक केन्द्रहरु, संग्रहालय तथा अभिलेखालय २०७६ साल चैत्र मसान्त सम्म बन्द गर्ने निर्णय गरेको छ ।

साँस्कृतिक संस्थान, प्रज्ञा प्रतिष्ठानहरुका सभाहल, प्रेक्षालयहरुमा २०७६ साल चैत्र मसान्त सम्म कुनै कार्यक्रम आयोजना नगर्ने र पूर्व निर्धा्रित कार्यक्रमहरु समेत स्थगन गर्न मन्त्रालयले निर्देशन दिएको छ । निर्देशन अनुसार विभिन्न मठ मन्दिर, गुम्बा, मस्जिद, चर्च जस्ता धार्मिक स्थलहरुमा एकपटकमा २५ जना भन्दा बढी तीर्थालुरदर्शनार्थी भेला नहुने व्यवस्था मिलाउने र त्यस्ता स्थलहरुमा लामबद्ध हुने दर्शनार्थीरतीर्थालुहरुबीचको दूरी कम्तीमा १ मीटर कायम गर्ने व्यवस्था मिलाउनुु पर्ने छ। मन्दिरहरुमा साबुन पानीले हात खुट्टा धुने प्रवन्ध मिलाउने, सबै तीर्थालुहरुलाई अनिवार्य माक्स लगाउन सूचित गर्ने र यस्ता स्थलहरुमा निश्चित अन्तरालमा सरसफाइ एवम् गर्ने गराउने समेतको व्यवस्था कार्यान्वयनमा मन्त्रालयले निदेशन
दिएको छ ।

यसैगरी पर्यटक सवारी साधनमा सीट क्षमताभन्दा बढी यात्रु ओसारपसार नगर्ने नगराउने, त्यस्ता सवारी साधन चलाउनु अघि सवारी साधनलाई किटाणुुमुुक्त गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ । मन्त्रालयका अनुुसार यसको नियमित अनुगमन पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड र पर्यटक प्रहरीले संयुक्त रुपमा गर्ने छ । त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलबाट आउने यात्रुहरुलाई म स्वस्थ छुु भन्ने फर्म अनिवार्यरुपमा भन लगाई स्वास्थ्य जाँच गर्ने गराउने र सोको अनुगमन त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयका महाप्रवन्धकले गर्ने निर्णय पनि बैठकले गरेको छ । बैठकले आन्तरिक विमानस्थलका प्रस्थान क्षेत्रमा पनि सबै यात्रुहरुको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउन निर्देशन दिएको छ ।

यूरोप, पश्चिम एशिया तथा खाडी क्षेत्रक सबै मुलुकहरु एवं टर्की, मलेशिया, दक्षिण कोरिया र जापानबाट सिधा उडान भई आउने, ती मुलुकलाई ट्रान्जिट बनाई आउने तथा उल्लेखित मुलुकबाट प्रथम यात्रा शुरु गरी अन्य जुनसुकै मुलुकलाई ट्रान्जिट बनाई आउने सबै यात्रुहरुलाई २०७६ चैत्र ७ गते नेपाली समयको मध्यरातदेखि २०७६ चैत्र ३० गतेसम्म आगमनमा प्रतिवन्ध लगाइएको व्यहोराको जानकारी नेपालमा उडान भर्ने अन्तराष्ट्रिय वायुसेवा कम्पनी समेतलाई नेपाल नागरिक उड्डयन प्राधिकरणले गराउने व्यवस्था समेत कार्यान्वयनमा ल्याउनुु पर्ने छ ।

सरकारद्वारा निश्चित अवधि तोकी ट्राभल एडभाइजरी जारी गरेको कारणबाट कुनै यात्रुले उक्त अवधिभित्रको यात्रा स्थगन गरेको वा वायुसेवा कम्पनी आफैले उडान रद्द गरेको अवस्थामा हवाई टिकट रद्द गर्दा वा यात्रा मिति परिवर्तन गर्दा कुनै शुल्क नलिने र हवाई टिकट रद्द गर्दा पूरै रकम फिर्ता गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले सबै वायुसेवा कम्पनीहरुलाई निर्देशन दिने र सो को नियमित अनुगमन गर्न पनि बैठकले निर्देशन दिएको छ ।

बैठकले नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठान, नेपाल पर्वतीय प्रशिक्षण प्रतिष्ठानले संचालन गरिरहेका पठनपाठन २०७६ चैत्र मसान्त सम्म बन्द गर्ने निर्णय गरेको छ । मन्त्रालय र अन्तर्गत निकायबाट संचालन हुने सबै प्रकारका तालिम, सेमिनार, गोष्ठी, सभा सम्मेलन जस्ता कार्यक्रमहरु २०७६ चैत्र मसान्त सम्म बन्द गर्ने निर्णय गरेको छ । पर्यटकस्तरका होटल, मोटल, रिसोर्ट, लज, रेष्टुरेण्ट एवं बारहरुले ज्वरो मापन गर्ने उपकरण तथा सामाग्रीहरुको व्यवस्था गरी उक्त स्थानहरुमा प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य जाँच गर्ने व्यवस्था मिलाउने निर्णय गरेको छ ।

साथै, हात सफा गर्ने स्यानिटाइजर लगायतका सफाइका सामाग्रीहरुको प्रवन्ध गरी कार्यस्थल, शौचालय आदि स्थान र टेबुल कुर्सी, बार तथा रेलिङ्गमा नियमित रुपमा डिसइन्फेक्सन गर्ने व्यवस्था मिलाउने र यसको नियमित अनुगमन पर्यटन विभाग, नेपाल पर्यटन बोर्ड, नाथम र पर्यटक प्रहरीले संयुक्त रुपमा गर्नेछ । यसका लागि नेपाल पर्यटन बोर्ड, पर्यटन विभाग, नाथम र पर्यटक प्रहरी सहितको समन्वयमा स्वयंसेवक परिचालन गर्ने निर्णय मन्त्रालयले निर्णय गरेको छ ।
मन्त्रालय र अन्तर्गत निकायले आफ.्नो कार्यालय भवन र परिसरमा नियमित रुपमा सरसफाई गर्ने, कार्यालय प्रवेशद्वारमा अनिवार्यमा ज्वरो मापन गर्ने उपकरण एवं स्यानिटाइजरको व्यवस्था गरी प्रवेश गर्ने व्यवस्था मिलाउने, विदेशबाट आएका स्वदेशी तथा विदेशी यात्रुलाई १४ दिनसम्म सेल्फ क्वारेन्टाईनमा अनिवार्य रुपमा राख्ने व्यवस्थाका लागि स्वास्थ्य मन्त्रालय, अध्यागमन विभाग समेतको समन्वयमा पर्यटन विभाग र नेपाल पर्यटन बोर्डले आवश्यक कार्य गर्ने निर्देशन दिएको छ ।
विदेशबाट नेपाल आउने पर्यटकलाई सेल्फ क्वारेन्टाईन अवधिपछि मात्र ट्राभल र ट्रेकिङ्ग अनुमति प्रदान गर्ने र सो सम्बन्धी व्यवस्थाको जानकारी पर्यटकले विमानस्थलमै र सम्वन्धित निकायहरुको वेवसाइटबाट पाउने व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देशन दिएको छ ।