अवैध लागूऔषध गाँजा बरामद

Mar 19th, 2020

पर्सा, चैत ६

वीरगंज महानगरपालिका २८ बगही टोलबाट अवैध लागूऔषध गाँजा ३८ केजी बुधबार राति प्रहरीले बरामद गरेको छ । प्रहरी चौकी परवानीपुरबाट खटिएको प्रहरीले ना.२५ प ८४८१ नम्बरको मोटरसाइकलमा ल्याउँदै गरेको अवस्थामा फेला पारी उक्त लागूऔषध गाँजा बरामद गरेको हो ।

उक्त मोटरसाइकलमा सवार व्यक्तिहरु हाल फरार रहेकाले प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।