• गृहपृष्ठ
  • आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमतीलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा पक्राउ

Mar 19th, 2020

बाग्लुङ, चैत ६

आफ्नै श्रीमती ५० वर्षीया गौरा बिकलाई धारिलो हतियार प्रहार गरी हत्या गरेको अभियोगमा ढोरपाटन नगरपालिका ७ गाल्डुङ बस्ने ६२ वर्षीय देबिराम बिकलाई बुधबार राति प्रहरीले पक्राउ गरेको छ ।

देबिरामले मादक पदार्थ सेवन गरी श्रीमतीलाई प्रहार गर्दा गौरीको घटनास्थलमै मृत्यु भएको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र प्रहरी चौकी ढोरपाटनबाट खटिएको प्रहरीले देबिरामलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जानकारी दिएको छ ।