सुन तोलामा १५०० ले घट्यो

Mar 19th, 2020

आधारभूमी संवाददाता

काठमाडौ, चैत ६

सुनको मूल्य ह्वात्तै घटेको छ । बुधवार तोलामा ७६ हजार ५०० मा कारोवार भएको छापावाल सुन आज १५०० ले घटेर ७५ हजारमा कारोवार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज तेजावी सुनको भाउ पनि १५०० ले घटेर ७४ हजार ७ सयमा कारोवार भएको छ । बुधवार तेजावी सुन रु ७६ हजार २०० मा कारोवार भएको थियो ।

आज चाँदीको मूल्य पनि प्रतितोला रु ३० ले घटेको छ । आज महासङ्घले चाँदीको मूल्य प्रतितोला रु ६८० तोकेको छ । बुधवार चाँदी प्रतितोला रु ७१० मा कारोबार भएको थियो ।