• गृहपृष्ठ
  • कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन श्रीलङ्काको दुई ठाउँमा कफ्र्यू

कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिन श्रीलङ्काको दुई ठाउँमा कफ्र्यू

Mar 18th, 2020

कोलम्बो,५ चैत (रासस/सिन्ह्वा)

श्रीलङ्काको प्रहरीले बुधबार केही ठाउँमा कफ्र्यू घोषणा गरेको छ । देशको पुत्तालम जिल्ला नेगोन्बो बन्दरगाहमा कफ्र्यूको आदेश दिइएको अिधकारीले जनाएका छन् ।

प्रहरीले जारी गरेको सूचनाअनुसार बुधबार दिउसो ४ः३० बजेदेखि नै लागु हुनेगरी कफ्र्यू आदेश जारी भएको हो ।

कोरोना भाइरसको सङ्क्रमण थप फैलिन नदिनका लागि कफ्र्यू आदेश जारी गर्नुुपरेको अधिकारीहरुले जनाएका छन् ।

कफ्र्यू लगाएको क्षेत्रमा इटलीबाट फर्केका व्यक्ति धेरै रहेका प्रहरीको भनाइ रहेको छ ।