ट्याक्टरको ठक्करबाट मृत्यु

Mar 18th, 2020

झापा, ५ चैत

अर्जुनधारा नगरपालिका-५ फुलमतीस्थित सडकमा मे.१ त ४९११ नम्बरको ट्याक्टरको ठक्करबाट सोही नगरपालिका-४ बस्ने १७ वर्षीय मन कुमार थापाको बुधबार बिहान घटनास्थलमै मृत्यु भएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजी गरिरहेको छ ।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।