• गृहपृष्ठ
  • कोरोना भाईरस (कोभिड१९) सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्‍न

कोरोना भाईरस (कोभिड१९) सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्‍न

Mar 18th, 2020

काठमाडौँ, ५ चैत

नेपाली सेनाले दुई दिने कोरोना भाईरस (कोभिड १९) सम्बन्धी कार्यक्रम सम्पन्‍न गरेको छ ।

हाल विश्‍वमा फैलिईरहेको कोरोना भाईरस (कोभिड १९) को जोखिमलाई मध्यनजर राखि जंगी अड्डा परिसरमा नेपाली सेनाका विभिन्‍न युनिटहरुमा कार्यरत सकलदर्जालाई सहभागी गराई संचालन गरिएको कोरोना भाईरस (कोभिड १९) सम्बन्धी दुई दिने प्रशिक्षण कार्यक्रम सम्पन्‍न भएको छ ।

जंगी अड्डा परिसरमा अस्थायी टेन्टहरु खडा गरी नेपाली सेनाका (५० जना स्वास्थ्यकर्मीहरु तथा विभिन्न युनिटहरुमा कार्यरत १३१ जना गरी जम्मा १८१ जना) सकलदर्जा सहभागी गराई संचालन गरिएको उक्त प्रशिक्षण कार्यक्रममा कोरोना भाईरस (कोभिड- १९ ) सम्बन्धी जानकारीमूलक कक्षा संचालन गर्नुको साथै Quarantine Set up, Water Purification, Waste Management, Electric & Plumbing Management, Field Latrine, Infection Prevention & Control तथा कोरोना भाईरस ( कोभिड- १९ ) विरुद्ध रोकथामका उपायहरु सम्बन्धी सैदान्तिक तथा व्यवहारिक ज्ञान दिलाईएको थियो ।

उक्त प्रशिक्षण कार्यक्रममा विश्व स्वास्थ्य संघको मापदण्ड अनुसार ५४ वटा टेन्ट खडा गरी ९ (नौ) वटा Cluster मा विभाजन गरी प्रत्येक टेन्टमा २ (दुई) जना व्यक्ति रहने गरी तयार गरिएको थियो ।

सहभागी प्रशिक्षार्थीहरुले आफू कार्यरत युनिटहरुमा गई कोरोना भाईरस ( कोभिड- १९) सम्बन्धी सचेतनामूलक कार्यक्रम संचालन गरी आवश्यकता बमोजिम स्थानीय स्तरमा Quarantine Camp Set up गरी Infection Prevention & Control सम्बन्धी कार्य गर्न सक्ने दक्ष जनशक्ति उत्पादन गर्ने उद्देश्यले उक्त प्रशिक्षण कार्यक्रम संचालन गरिएको हो ।