• गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा करीव पाँच लाख ५५ हजार रुपैयाँ बराबरको चोरीनिकासी तथा पैठारीको सामान बरामद

एपीएफ टोलीद्वारा करीव पाँच लाख ५५ हजार रुपैयाँ बराबरको चोरीनिकासी तथा पैठारीको सामान बरामद

Mar 18th, 2020

काठमाडौं, चैत ५

झापा जिल्लाको मेचीनगर नगरपालिका ६ सतिघरबाट चैत्र ५ गते एपीएफ टोलीले करीव पाँच लाख ५५ हजार रुपैयाँ बराबरको चोरीनिकासीको सामान बरामद गरेको छ ।

नेपालबाट अवैध रुपले भारततर्फ लैजाँदै गरेको उल्लेखित मुल्य बराबरको सुपारी, छोकडा र विभिन्न किसिमका औषधी सशस्त्र प्रहरी बल नेपाल नम्बर ८ गुल्म झापाबाट खटिएको एपीएफ टोलीले बरामद गरेको हो ।

एपीएफ टोलीले बरामद सामान मेची भन्सार कार्यालय काकडभिट्टामा बुझाएको छ । यसैगरी सशस्त्र प्रहरी बल नेपाल नम्बर ५६ गुल्म कञ्चनपुरबाट खटिएको एपीएफ टोलीले चैत्र ५ गते करीव दुई लाख ६८ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।