• गृहपृष्ठ
  • सिद्धार्थ बैंक र ब्लूक्रस हस्पिटलबीच सम्झौता

सिद्धार्थ बैंक र ब्लूक्रस हस्पिटलबीच सम्झौता

Mar 18th, 2020

काठमाडौ, चैत ५

सिद्धार्थ बैंक लिमिटेड र काठमाडौँको त्रिपुरेश्वर स्थित ब्लूक्रस हस्पिटल प्रा। लि।बीच २०७६ चैत्र ५ गते बुधबार बैंकका कर्मचारी तथा ग्राहकहरुलाई प्रदान गर्ने विभिन्न सेवा तथा सुविधाहरुमा दिने छुट सम्बन्धी सम्झौतापत्र हस्ताक्षर भएको छ ।

सम्झौता पश्चात बैंकका कर्मचारीहरुले बैंकको डेबिट र क्रेडिट कार्ड मार्फत भुक्तानी गरी सो हस्पिटलमा स्वास्थ्य सेवा लिंदा १२५ सम्मको छुट र ग्राहकहरु तथा कर्मचारीका सदस्यहरुले सेवा लिंदा १०५ सम्मको छुट प्राप्त गर्न सक्नुहुने छ । उक्त सम्झौतापत्रमा सिद्धार्थ बैंकका तर्फबाट सहायक महाप्रबंधक श्री सुरेश राज महर्जन र ब्लूक्रस हस्पिटलका तर्फबाट कार्यकारी व्यवस्थापन समितिका सदस्य सचिव श्री रजत श्रेष्ठले हस्ताक्षर गर्नु भएको हो ।

सबै क्षेत्र र वर्गसम्म बैंकिङ्ग सेवाको पहँुच पु¥याउने उद्देश्यले बैंकले देशभर १८५ वटा शाखा (३ एक्स्टेन्सन् काउन्टर सहित), १०१ शाखारहित बैंकिङ्ग सेवा, २०५ एटिएम र १,६०० भन्दा बढी पस मेसिन मार्फत् उच्चस्तरिय बैैकिङ्ग सेवा प्रदान गर्दै आएको छ ।