• गृहपृष्ठ
  • भोलिदेखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित

भोलिदेखि हुने भनिएको माध्यमिक शिक्षा परीक्षा (एसइई) स्थगित

Mar 18th, 2020

काठमाडौँ, ५ चैत

भोली देखी सुरु हुन गइरहेको एसइई परीक्षा स्थगित भएको छ । विश्व भर त्रासको कारण बनेको कोरोना भाइरसका कारण परीक्षा स्थगित गरिएको हो ।

प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले कोभिड–१९ सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले एसइई परीक्षा स्थगन गर्ने निर्णय गरेको हो । सरकारले एसइईको सम्पूर्ण तयारी भने गरिसकेको थियो ।