• गृहपृष्ठ
  • कालोबजारी नियन्त्रणका लागि कठोर कारबाही गर्दछौ प्रहरी नायव महानिरीक्षक पोखरेल

कालोबजारी नियन्त्रणका लागि कठोर कारबाही गर्दछौ प्रहरी नायव महानिरीक्षक पोखरेल

Mar 18th, 2020

काठमाडौ, चैत ५

विश्वमा कोरोना भाइरसको संक्रमण फैलिरहेका वेला दैनिक अत्यावश्यक वस्तुको कृतिम अभाव सिर्जना गरी कालोबजारी गर्ने बिरुद्ध निर्दयितापूर्वक कठोर रुपमा कारबाही गर्ने महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेलले बताएकाछन ।

बुधबार बिहान समुदाय प्रहरी साझेदारी अवधारणा अन्र्तगत महानगरीय प्रहरी वृत्त लैनचौरमा आयोजित स्थानिय प्रहरी र स्थानिय नागरिकको भुमिका विषयक अन्तक्रिया तथा संयुक्त प्रहरी मेश शुभारम्भ कार्यक्रममा उक्त कुरा बताउँदै प्रमुख अतिथी पोखरेलले प्रहरीले प्रदान गर्ने सेवा प्रवाहलाई उत्कृष्ट बनाउन प्रहरी कर्मचारीहरूले प्राप्त गर्ने सेवा सुविधालाई समेत सुधार गर्दै लैजाने बताए ।

कार्यक्रममा उठेका जिज्ञासाहरुको सम्बोधन गर्दे पोखरेलले ग्यास उत्पादक, वितरक, पेट्रोल पम्प, डिपो, स्यानिटाइजर र मास्क विक्रेताको निग्रानी राख्न पनि निर्देशन दिएकाछन् । यो समयमा खाद्यान्न र औषधिमा पनि कालोबजारी हुनसक्ने भन्दै उनले सचेत रहन आग्रह गर्दे कोराना भाईरसको कारण उत्पन्न त्रासको वातावरणको फाईदा उठाउँदै कृत्रिम अभाव सृजना गर्ने व्यापारी तथा व्यवसायी बिरुद्ध प्रहरीलाई सुचना उपलब्ध गराउन समेत नागरिकहरुलाई आग्रह गरे ।

कार्यक्रममा पूर्व प्रहरी अतिरीक्त महानिरीक्षक बिज्ञान राज शर्माले नागरिकहरुलाई कोरोना भाईरसबाट बच्न सुझाव दिँदै समुदायले प्रहरीका कमिकमजोरी औंल्याउँदै प्रहरी र समुदाय बिचको सम्बन्ध थप मजबुत बनाउनु पर्ने बताए ।

सो अवसरमा काठमाण्डौ महानगरपालिका वडा नम्बर १७ का वडा अध्यक्ष नविन कुमार मानन्धरले मेश सुधार विषयलाई खुलेर प्रशंसा गरे । सो अवसरमा महानगरीय प्रहरी कार्यालय रानीपोखरीद्वारा संचालित प्रहरी मेस सुधार अभियान अन्तर्गत महानगरीय प्रहरी वृत्त लैनचौरद्वारा नव(निर्मित प्रहरी मेसको प्रमुख अतिथिबाट शुभारम्भ गरिनुका साथै अपराध नियन्त्रण तथा शान्ति सुरक्षा प्रदान गरी समाजमा अमन चयन कायम गर्ने कार्यमा आ-आफ्नो क्षेत्रबाट उल्लेखनिय योगदान पुर्यापउनु हुने महानगरीय प्रहरी वृत्त लैनचौरका प्रमुख प्रहरी नायव उपरीक्षक सन्तोष सिंह राठौरलाई पुरस्कार,अन्य १० जना महानुभावहरुलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा उपत्यका स्थित प्रहरी कार्यालयका प्रहरी बरिष्ठब उपरीक्षकहरु, प्रहरी उपरीक्षकहरु, काठमाण्डौ महानगरपालिका वडा नम्बरका १६, १७ र २६ का वडा अध्यक्ष एवं सम्पुर्ण पदाधिकारीहरु, ठमेल पर्यटन बिकास परिषदका अध्यक्ष लगायत पदाधिकारीहरु, सामुदायिक सेवा केन्द्र ठमेलका अध्यक्ष लगायत पदाधिकारीहरु उपस्थिती रहेको थियो ।