१६ अंकले घट्यो नेप्से

Mar 18th, 2020

काठमाडौ, चैत ५

आज बुधबार नेप्से १६ दसमलव २६ अंकले घटेर १२ सय ५५ दसमलव ८० अंकमा पुुगेको छ । सेन्सिटिभ पनि दुुई दसमलव आठ अंकले घटेर दुुई सय ७१ दसमलव ७९ अंकमा पुुगेको छ । एक सय ७१ कम्पनीहरुको १५ हजार सात सय ८० वटा कारोवारमा ३४ लाख ८३ हजार दुुई सय २१ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब १८ करोड ४४ लाख १६ हजार आठ सय ७८ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा टे«डिङ समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक १५ दसमलव ८२ अंकले घटेर ११ सय छ दसमलव ७४ अंकमा पुगेकोे छ । बिकास बैंक समुहको सुचक ११ दसमलव ७१ अंकले घटेर १७ सय २० दसमलव ६५ अंकमा पुुगेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा जनउत्थान सामुुदायिक लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा कालिका पावर लिमिटेड परेको छ । रकम कारोवारका आधारमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी आदि परेकाछन ।