नेप्सेमा ४४ अंकले गिरावट

Mar 17th, 2020

काठमाडौ, चैत ४

आज मंगलबार नेप्से ४४ दसमलव ३३ अंकले घटेर १२ सय ७२ दसमलव छ अंकमा पुगेको छ भने सेन्सिटिभ इन्डेक्स पनि आठ दसमलव ५३ अंकले घटेर दुुई सय ७४ दसमलव ५९ अंकमा पुुगेको छ । एक सय ७५ कम्पनीहरुको १८ हजार दुुई सय ५७ वटा कारोवारमा ४३ लाख ६७ हजार सात सय ७५ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ४६ करोड ५१ लाख ८४ हजार छ सय ५६ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सामुुहिक लगानी कोष समुहको सुचक बढेर बाँकी समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ३३ दसमलव १६ अंकले घटेर ११ सय २२ दसमलव ५५ अंकमा पुुगेको छ । बिकास बैंक समुहको सुचक ५२ दसमलव ६८ अंकले घटेर १७ सय ३२ दसमलव ३६ अंकमा पुुगेको छ । यसैगरी जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादमुलक र अन्य समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा परेको जोशी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिद्धार्थ इन्स्योरेन्स कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा एनआईसी एशिया बैंक परेको छ ।