• गृहपृष्ठ
  • बरामद माक्स बजार मूल्यअनुसार बिक्री गर्न निर्देशन

बरामद माक्स बजार मूल्यअनुसार बिक्री गर्न निर्देशन

Mar 17th, 2020

काठमाडौँ, ४ चैत (रासस)

महान्यायाधिवक्ता आग्निप्रसाद खरेलले प्रहरीले बरामद गरेको माक्सहरु बजार मूल्यअनुसार बिक्री वितरण गर्न निर्देशन दिनुभएको छ । महान्यायाधिवक्ता खरेलले सोमबार एक प्रेस विज्ञप्ति जारी गरी ‘कोभिड–१९’ फैलिएको अवस्थामा कालोबजारी गरेर लुकाई राखेको अवस्थामा प्रहरीले बरामद गरेका माक्स हालको बजार मूल्यअनुसार बिक्री गरी सो रकम प्रहरीकै खातामा राख्न निर्देशन दिनुभएको हो ।

बजारमा माक्सको अभाव भइरहेको अवस्थामा कालोबजारी गरेर राखेको माक्सलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७५ को दफा २७ अनुसार हालको बजार मूल्यमा बिक्री गर्न निर्देशन दिनुभएको हो । प्रहरीले आइतबार १० लाखभन्दा बढी कालोबजारी गरिरहेको माक्स कपनबाट बरामद गरेको थियो ।