• गृहपृष्ठ
  • पनौतीको प्रर्दशन चर्किएपछि अनिश्चितकालीन कर्फ्यू

पनौतीको प्रर्दशन चर्किएपछि अनिश्चितकालीन कर्फ्यू

Mar 17th, 2020

काठमाडौं, ४ चैत

टिपरले ठक्कँर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएपछि चर्किएको विद्रोह शान्त गर्न जिल्ला प्रशासन कार्यालय, काभ्रेपलाञ्चोकले पनौतीको चारकिल्लामा कर्फ्यू आदेश जारी गरेको छ ।

प्रशासन कार्यालयले प्रदर्शन नियन्त्रणका लागि प्रशासनले मंगलबार बिहानदेखि लागू हुनेगरी अनिश्चितकालका लागि कर्फ्यू आदेश जारी गरेको जनाएको छ।

प्रशासन कार्यालयका अनुसार पनौतीको पूर्व शंख जानेबाटोको चौकीसम्म ८०० मिटर क्षेत्र र पश्चिममा कुशादेवी जानेबाटोको १ किलोमिटरसम्म कर्फ्यु आदेश जारी गरिएको हो ।

बनेपा जाने ठाडोबाटोको १ किलोमिटर क्षेत्र र देखाञ्चोकतर्फको १ किलोमिटर मिटर क्षेत्रमा पनि कर्फ्यु लगाइएको छ । काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती मानेश्वरी बसपार्कमा आज अपराह्न को छ ।

बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा५ख ५४८० नं को टिपरले ठक्कर दिई घाइते भएका खानिखोला गाउँपालिका–१ बस्ने वर्ष २६ की जुनिमाया गोले र उहाँकी ३ वर्षीया छोरी स्मारिका तामाङको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

काभ्रेपलाञ्चोकको पनौती नगरपालिका–५ पनौती मानेश्वरी बसपार्कमा हिजो टिपरले ठक्कँर दिँदा पैदलयात्री आमाछोरीको मृत्यु भएको थियो ।

बनेपाबाट पनौतीतर्फ जाँदै गरेको बा५ख ५४८० नं को टिपरले ठक्कर दिई घाइते भएका खानिखोला गाउँपालिका–१ बस्ने वर्ष २६ की जुनिमाया गोले र उहाँकी ३ वर्षीया छोरी स्मारिका तामाङको बनेपास्थित शिरमेमोरियल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

टिपर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनापश्चात आक्रोशित भिडले ढुङ्गामुढा गरेपछि २ राउण्ड हवाई फायर र ५ राउण्ड अश्रुग्यास प्रहार गरेको ईलाका प्रहरी कार्यालय बनेपाका प्रहरी निरीक्षक योगेन्द्र तिमिल्सिनाले जानकारी दिए । भिडलाई नियन्त्रणमा लिने क्रममा पाँच जना प्रहरी घाइते भएका थिए ।