• गृहपृष्ठ
  • पुर्नबीमा कम्पनीको साधारण सेयरको बिक्री खुल्ला

पुर्नबीमा कम्पनीको साधारण सेयरको बिक्री खुल्ला

Mar 17th, 2020

काठमाडौ, चैत ४

नेपाल पुर्नबीमा कम्पनीको साधारण सेयरको बिक्री खुल्ला भएको छ । कम्पनीले आज मंगलबारबाट एक अर्ब ६० करोड रुपैयाको साधारण सेयरको बिक्री खुल्ला गरेको हो । कम्पनीले एक सय रुपैयाँ अंकित मुल्य कायम रहने गरी हाल कायम रहेको जारी पुंजी १० अर्ब रुपैयाँको १६ प्रतिसतको दरमा एक करोड ६० लाख कित्ता साधारण सेयरको बिक्री खुल्ला गरेको जानकारी दिएको छ ।

बिक्री प्रर्वन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको कम्पनीको सेयर बिक्री कार्य छिटोमा यही चैत सात गते र ढिलोमा चैत १२ गते बन्द हुुने छ । सर्वसाधारणहरुले न्युुनतम १० कित्तादेखि अधिकतम १० हजार कित्तासम्मको सेयर खरिदको लागि आवेदन दिन सक्ने कम्पनीले जानकारी दिएको छ ।