• गृहपृष्ठ
  • छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ३ जनाको मृत्यु

Mar 16th, 2020

काठमाडौं, ३ चैत

मकवानपुर, राक्सिराङ् गाउँपालिका-६ शिलाधोनीस्थित सडकमा ना.७ ख ७२९५ नम्बरको मिनिट्रक सोमबार बिहान अनियन्त्रित भई सडकबाट खोल्सामा खसेर दुर्घटना हुँदा सोही ठाउँ वाङराङ बस्ने ३५ वर्षीय सुमन बल्वा थिङको घटनास्थलमै मृत्यु भएको छ । फरार चालकको प्रहरीले खोजी गरिरहेको छ ।

दाङ, तुलसीपुर उपमहानगरपालिका-१४ भोजपुरस्थित सडकमा ना.४ ख ५४६३ नम्बरको बसबाट सोमबार बिहान ओर्लने क्रममा लडेर सोही ठाउँ बस्ने ५५ वर्षीया सुशिला वलीको मृत्यु भएको छ । बसबाट लडेर गम्भीर घाइते भएकी वलीको राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा उपचारको क्रममा मृत्यु भएको हो । बस र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

कास्की, अन्नपूर्ण गाउँपालिका-६ ढावा लुम्लेस्थित सडकमा ग.१ क ४५५७ नम्बरको टिपरले सोमबार बिहान एचपी ५८ ए ४२३३ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकल चालक स्पेनिस नागरिक ५५ वर्षीय सान्को मानानेप पेड्रो रोमनको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको मणिपाल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । टिपर सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।