नेप्से तीन दसमलव ३५ अंकले बढ्यो

Mar 16th, 2020

काठमाडौं, चैत ३

नेप्से आज सोमबार तीन दसमलव ३५ अंकले बढेर १३ सय १६ दसमलव ३९ अंकमा पुुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि शुन्य दसमलव पाँच अंकले बढेर दुुई सय ८३ दसमलव १२ अंकमा पुुगेको छ । एक सय ८० कम्पनीहरुको १६ हजार दुुई सय ५१ वटा कारोवारमा ४१ लाख ९१ हजार चार सय १५ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब ६१ करोड ५३ लाख ४१ हजार आठ सय ७७ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा नौ वटा समुहको सुचक बढेर तीन वटा समुहको सुचक घटेकाछन । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक एक दसमलव एक अंकले बढेर ११ सय ५५ दसमलव ७१ अंकमा पुगेको छ । बिकास बैंक समुहको सुचक पनि आठ दसमलव २५ अंकले बढेर १७ सय ८५ दसमलव चार अंकमा पुुगेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, फाईनान्स र अन्य समुहको सुचक बढेकाछन । होटल, उत्पादनमुुलक र सामुहिक लगानी कोष समुहको सुचक भने घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा सिभिल लघुुबित्त बित्तीय संस्था परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा युुनिलिभर नेपाल लिमिटेड पहिलो स्थानमा परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।