• गृहपृष्ठ
  • धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप रु तीन लाख दिने–मुख्यमन्त्री राउत

धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका व्यक्तिको परिवारलाई राहतस्वरुप रु तीन लाख दिने–मुख्यमन्त्री राउत

Mar 16th, 2020

जनकपुरधाम, ३ चैत (रासस)

धनुषामा घरेलु मदिरा पिउँदा मृत्यु भएका व्यक्तिको परिवारलाई प्रदेश सरकारले रु तीन–तीन लाख राहतस्वरुप प्रदान गर्ने भएको छ ।

मुख्यमन्त्री लालबावु राउतले घरेलु मदिराको कारण सवैभन्दा बढी मृत्यु भएका क्षिरेश्वरनाथ नगरपालिकाको रम्दैया गाउँमा आज विहान पुगेर पीडित परिवारलाई समवेद्ना प्रकट गर्दै सो राहत रकम प्रदान गर्ने घोषणा गर्नुभएको हो ।

सो अवसरमा उहाँले विषाक्त मदिरा विक्री वितरण तथा उत्पादन गर्नेलाई कानूनको दायरामा ल्याउने स्पष्ट पार्दै प्रदेशलाई चाडै ‘खुल्ला मदिरामुक्त प्रदेश’ घोषणा गर्ने जानकारी गराउनुभयो ।

रम्दैया पुगेको मुख्यमन्त्री राउतका साथै आन्तरिक मामिला तथा कानूनमन्त्री ज्ञानेन्द्रकुमार यादवले आजै सुरक्षा समितिको बैठक बस्ने जानकारी गराउँदै सो वैठकमा खुल्ला मदिरा नियन्त्रणका साथै दोषीमाथि कारवाहीको प्रक्रिया बढाउनेलगायतको विषयमा निर्णय हुने बताउनुभयो ।

रम्दैयामा विषाक्त रक्सी सेवनबाट मृत्यु भएका १४ परिवारलाई आइतवार सांसद रघुबीर महासेठले व्यक्तिगत रुपमा प्रत्येक पीडित परिवारलाई काजकिरियाका लागि रु २० हजार प्रदान गर्नुभएको थियो ।