• गृहपृष्ठ
  • सिराहामा स्कुल बसको ठक्करबाट बालकको मृत्यु

सिराहामा स्कुल बसको ठक्करबाट बालकको मृत्यु

Mar 15th, 2020

सिरहा, २ चैत

सिराहा नगरपालिका-२२ बङ्गठिया चोकस्थित सडमा घ.१ ख ३५७ नम्बरको स्कुल बसले आइतबार बिहान ठक्कर दिँदा सोही ठाउँ बस्ने पैदलयात्री नरेश कुमार सिंहको २ वर्षीय छोरा पंकज सिंहको घटनास्थलमै मृत्यु भएको छ ।

बस नियन्त्रणमा लिई फरार चालकको खोजी गर्नुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।