नेप्से रातै, कारोवार समय थपियो

Mar 15th, 2020

काठमाडौ, चैत २

नेप्से आज आईतबार ६४ दसमलव १४ अंकले घटेर १३ सय १३ दसमलव चार अंकमा पुुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि १२ दसमलव ८८ अंकले घटेर दुुई सय ८२ दसमलव ६२ अंकमा पुुगेको छ । नियमित कारोवार सकम एक घण्टा थप गरिएको भएपनि नेप्सेमा आज एक सय ७४ कम्पनीहरुको २४ हजार ४१ वटा कारोवारमा ५५ लाख ७० हजार ३० कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुुई अर्ब १० करोड १४ लाख १७ हजार दुुई सय ९२ रुपैयाँ पुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा सबै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ५७ अंकले घटेर ११ सय ५४ दसमलव ६१ अंकमा पुुगेको छ । बिकास बैंक समुहको सुचक पनि ६२ दसमलव ८७ अंकले घटेर १७ सय ७६ दसमलव ७९ अंकमा पुुगेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुचीमा युनाईटेड मोदी हाईड्रो पावर कम्पनी परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा सामुुदायिक लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।