सवारी दुर्घटनामा परी २ जनाको मृत्यु

Mar 15th, 2020

काठमाडौं, २ चैत

रुपन्देही, देबदह नगरपालिका-९ घोडाहास्थित सडकमा लु.१ क २५८४ नम्बरको टिपर र लु.२ ख १२१८ नम्बरको टिपर एकआपसमा ठक्कर खाई लु.१ क २५८४ नम्बरको टिपर पुन बा.२० च ५५१६ नम्बरको कारमा समेत ठक्कर खाई शनिबार दिउँसो दुर्घटना हुँदा टिपरमा सवार मायादेवी गाउँपालिका-४ गुण्डी बस्ने ३५ वर्षीया सुनिता चौधरीको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएकी उनको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनामा घाइते भएका लुम्बिनी सांस्कृतिक नगरपालिका-१० बस्ने ३७ वर्षीय कमलेश कुमार यादवलाई लुम्बिनी प्रादेशिक अस्पताल बुटवल हुँदै थप उपचारका लागि मेडिकल कलेज भैरहवा पठाइएको छ । दुवै टिपर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सप्तरी, हनुमाननगर कंकालिनी नगरपालिका-२ सकरदहिस्थित सडकमा ना.३ त १००३ नम्बरको ट्याक्टर पुलमा ठक्कर खाई शनिबार साँझ दुर्घटना हुँदा ट्याक्टर चालक सोही नगरपालिका-३ पोर्ताहा बस्ने ३५ वर्षीय कैलाश सरदारको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको धरान घोपा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो ।

दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।