• गृहपृष्ठ
  • मनाङ मस्र्याङदी लाई छैटौं पटक आहा ! रारा गोल्डकपको उपाधि

मनाङ मस्र्याङदी लाई छैटौं पटक आहा ! रारा गोल्डकपको उपाधि

Mar 14th, 2020

काठमाडौँ, १ चैत

मनाङ मस्र्याङदी  क्लबले छैटौं पटक १८औँ संस्करणको आहा! रारा गोल्डकप फुटबल को उपाधि जितेको छ । यही फागुन २२ गतेदेखि पोखरा रङ्गशालामा भइरहेको प्रतियोगिताको आज सम्पन्न भएको छ । दोस्रो सेमिफाइनल खेलमा चिरपरिचित प्रतिपस्र्धी नेपाली सेनाको त्रिभुवन आर्मी क्लबमाथि ३–२ को रोमाञ्चक जित निकाल्दै मनाङ प्रतियोगिताको फाइनलमा पुगेको थियो ।

पोखरामा शनिबार भएको फाइनलमा नेपाल मनाङले पुलिस क्लबलाई टाइब्रेकरमा ४-३
ले पराजित गर्दै  छैटौं पटक उपाधि जितेको हो ।

निर्धारित ९० मिनेट तथा थप गरिएको ३० मिनेटको अतिरिक्त समयको खेलमा समेत दुवै टोलीले गोल गर्न नसकेपछि खेलको निर्णय ‘पेनाल्टी सुटआउट’बाट गरिएको थियो । टाइब्रेकरमा मनाङका अन्जन विष्ट, पुजन उपरकोटी, सुरज विक र रन्जन विष्टले गोल गर्नुभएकामा निशान लिम्बूको प्रहार पुलिसका गोलकिपर रोशन खड्काले रोक्न सफल हुनुभएको थियो । पुलिस क्लबका तर्फबाट भोला सिलवाल, हेम तामाङ र बुद्धबल तामाङले गोल गर्दा अजित भण्डारी र तेज तामाङको प्रहार खेलको ‘म्यान अफ दी म्याच’ घोषित मनाङका गोलकिपर अशोक बरालले रोक्नुभएको थियो ।

उपाधि विजेता मनाङले ट्रफीसहित रु दश लाख एक हजार तथा उपविजेता पुलिसले रु पाँच लाख एक हजार पुरस्कार प्राप्त गरे । प्रतिस्पर्धात्मक खेलको नियमित तथा अतिरिक्त समयमा दुवै टोलीले गोलका अवसर सिर्जना गरे पनि सदुपयोग गर्न सकेका थिएनन् । मनाङका अन्जन विष्ट, विमल राना तथा पुलिसका भरत शाह, निरकुमार राईले प्राप्त अवसर खेल फालेका थिए ।