• गृहपृष्ठ
  • समलिंगी महिलाको कथामा बनेको हट भिडियो ‘जुनेली रात’ सार्वजनिक

समलिंगी महिलाको कथामा बनेको हट भिडियो ‘जुनेली रात’ सार्वजनिक

Mar 14th, 2020

काठमाडौ, चैत १

नेपाली समाज पनि धेरै परिवर्तन हुदै गएको छ नेपाली चलचित्र संगै नेपाली म्युजिक भिडियोमा पनि समाज र मानिसको व्यवहारमा आएको परिवर्तनलाइ समेटेर मेकिङ्ग गर्न थालिएको छ । समाजले समलिंगी प्रेमलाइ सहज रुपमा लिन थालेको पनि धेरै भयो । दुई महिला बिचको प्रेमको बिषयलाई समेटेर बनाइएको म्युजिक भिडियो ‘जुनेली रात’ सार्वजनिक भएको छ । लामो समयदेखि अस्ट्रेलिया बस्दै विश्वका सबै देशहरुमा हुने विभिन्न इभेन्ट्सहरुको भाग लिइसकेकी गायिका ,एबम हट नायिका स्मृति पोखरेल र नव मोडेल नम्रता पौडेललाइ फिचर्ड गरिएको भिडियोमा महिला महिला बीचको शारीरिक मोहलाई देखाइएको छ ।

गोविन्द प्रसाद उपाध्यायको शब्द र स्मृति पोखरेलको स्वर,अनिश श्रेष्ठको संगीत रहेको ‘जुनेली रात’मा कुमार गुरुङको संगीत संयोजन रहेको छ । ललित थापाको निर्देशनमा बनेको भिडियोमा राम सिंह भट्टको छायांकन गरेका हुन ।