• गृहपृष्ठ
  • राज्यमन्त्रीद्धारा काठमाडौँका सडकको अनुगमन

राज्यमन्त्रीद्धारा काठमाडौँका सडकको अनुगमन

Mar 14th, 2020

काठमाडौँ, १ चैत (रासस)

शहरी विकास राज्यमन्त्री रामवीर मानन्धरले शुक्रबार काठमाडौँका विभिन्न स्थानका सडकको स्थलगत अनुगमन गर्नुभएको छ । सरकारले उपत्यकाका खाल्डाखुल्डी पुर्दै कालोपत्रलाई तीव्रता दिएसँगै उहाँले स्थलगत अनुगमन गर्नुभएको हो ।

राज्यमन्त्री मानन्धनरले बालाजु चोकदेखि सोह्खुट्टेसम्म कालोपत्र गरिएको सडकको अनुगमन गर्नुभयो । त्यस्तै बालाजु नयाँबजारस्थित विष्णुमती करिडोरको अनुगमन गर्नुभयो । उहाँले बालाजुमा भविष्यमा निर्माण हुने भनिएको ‘अण्डर पास’ ले यहाँको सवारी चाप कम हुने बताउनुभयो । राज्यमन्त्री मानन्धरले सरकारले काठमाडौँ उपत्यकामा कालोपत्र गरिएका र हुन लागेका सबै स्थानको अवलोकन तथा निरीक्षण गरिरहेको बताउनुभयो । ।”

निर्माण व्यवसायीले कालोपत्र गर्दा प्रयोग गरेको सामग्रीको गुणस्तर परीक्षण गरिने उहाँले बताउनुभयो । निर्माण व्यवसायीले कमसल सामग्री प्रयोग गरेको पाइएमा कारवाही गरिने पनि उहाँको भनाइ थियो । उहाँले भन्नुभयो, “शहरको सुन्दरतालाई कायम राख्न र धुवाँ धुलोमुक्त राजधानी बनाउनका लागि सरकारले प्रयास गरिरहेको छ ।”

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र शहरी विकास मन्त्रालयको समन्वयमा उपत्यकाका सडकलाई व्यवस्थित गर्न लागिएको मन्त्री मानन्धरले जानकारी दिनुभयो । आफ्नो क्षेत्रमा भएको विकास निर्माणबारे चासो देखाउन उहाँले स्थानीयवासीलाई आग्रह गर्नुभएको छ । केही समयभित्रै उपत्यकाका भित्री र बाहिरी सडकको स्वरुप परिवर्तन हुने उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “स्थानीयवासीले पनि सडक निर्माणका क्रममा कुनै समस्या हुँदा सरकारलाई तत्काल खबर गर्नुपर्छ