• गृहपृष्ठ
  • प्रधानसेनापति प्रशंसा निशानु सुशोभन समारोह सम्पन्‍न

प्रधानसेनापति प्रशंसा निशानु सुशोभन समारोह सम्पन्‍न

Mar 13th, 2020

काठमाडौँ, ३० फागुन

प्रधानसेनापति प्रशंसा निशानु सुशोभन समारोह सम्पन्‍न भएको छ ।आज जंगी अड्डामा आयोजित एक विशेष कार्यक्रम बीच प्रधानसेनापति महारथी पूर्णचन्द्र थापाले ‘ कोरोना टास्क फोर्स’मा खट्टिनु भएका सैनिक र गैह्र सैनिक व्यक्तिहरुलाई कदर स्वरुप प्रधानसेनापति प्रशंसा निशानु प्रदान गर्नु भएको हो।

मित्रराष्ट्र चीनमा कोरोना भाईरसको संक्रमण बढेपश्‍चात चीनमा रहेका १७५ जना नेपाली नागरिकहरुलाई नेपालमा ल्याउने र निषेधावधि (क्वारेन्टाइन) को लागि फाल्गुन ४ गतेबाट १८ गतेसम्म भक्तपुरको खरिपाटीस्थित नेपाल विद्‍युत प्राधिकरणको तालिम केन्द्रमा स्वास्थ्य अवस्थाको रेखदेख तथा सुरक्षा व्यवस्थाको कार्यमा खट्टिनु भएका १९ जना सैनिक र १ जना गैह्र सैनिक डाक्टरलाई उक्त निशानबाट सुशोभित गरिएको हो ।

प्रधानसेनापति महारथी थापाले उक्त सुशोभन कार्यक्रममा सम्बोधन गर्नुहुँदै उच्च जोखिमका बावजुद नेपाल सरकारबाट प्रदत्त जिम्मेवारीलाई अहोरात्र खट्टिई निर्वाह गर्नु भएको प्रशंसनिय कार्यको लागि हार्दिक धन्यवाद ज्ञापन गर्नु भएको थियो । साथै उक्त साहसिक कार्य सबैका लागि प्रेरणादायी हुने विश्वास समेत व्यक्त गर्नु भएको थियो ।