• गृहपृष्ठ
  • शहीद स्मारक ‘बी’ डिभिजन : सातदोबाटो विजयी

शहीद स्मारक ‘बी’ डिभिजन : सातदोबाटो विजयी

Mar 13th, 2020

काठमाडौँ, ३० फागुन (रासस)

शहीद स्मारक ‘बी’ डिभिजन लिग फुटबल प्रतियोगितामा सातदोबाटोले ब्वाइज युनियन क्लबलाई पराजित गर्दै विजयी भएको छ ।

सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको खेलमैदानमा आज भएको खेलमा सातदोबाटोले ब्वाइज युनियन क्लबलाई १–० गोलअन्तरले पराजित गर्दै विजयी भएको हो ।

सातदोबाटोको जीतमा महेन्द्र कार्कीले गोल गर्नुभयो । उहाँले खेलको पहिलो हाफको १४औँ मिनेटमा गरेको एक गोल नै सातदोबाटोका लागि निर्णायक गोल साबित भयो । त्यसपछि खेलका विभिन्न समयमा गोल फर्काउन नसकेको ब्वाइज युनियन अन्ततः हार बेहोर्न बाध्य बन्यो ।