• गृहपृष्ठ
  • फिजीका लागि गैरआवासीय राजदूतमा दाहाल नियुक्त

फिजीका लागि गैरआवासीय राजदूतमा दाहाल नियुक्त

Mar 13th, 2020

काठमाडौँ, ३० फागुन (रासस)

राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम अष्ट्रेलियाका लागि नेपालका आवासीय राजदूत महेशराज दाहाललाई फिजीका लागि समेत गैरआवासीय नेपाली राजदूतमा नियुक्त गर्नुभएको छ ।

राष्ट्रपतिको कार्यालयका प्रवक्ता हरिप्रसाद दहालद्वारा आज जारी विज्ञप्तिमा सो कुरा जनाइएको छ ।