• गृहपृष्ठ
  • सोलारको तार सर्ट भई आगलागी हुँदा धनमाल जलेर नष्ट

सोलारको तार सर्ट भई आगलागी हुँदा धनमाल जलेर नष्ट

Mar 13th, 2020

मकवानपुर, ३० फागुन

कैलाश गाउँपालिका-३ खिरकी आँपबारी बस्ने ५० वर्षीय भिम बहादुर प्रजाको घरमा बिहीबार राति सोलारको तार सर्ट भई आगलागी हुँदा घरभित्र रहेका सामान जलेर करिब ३ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीयबासी र दमकलको सहयोगमा आगो नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।