नेप्से ४५ अंकले घट्यो

Mar 12th, 2020

काठमाडौ, फागुुन २९

नेप्से आज बिहिबार ४५ दसमलव ९१ अंकले घटेर १३ सय ७७ दसमलव १८ अंकमा पुुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि नौ दसमलव १९ अंकले घटेर दुुई सय ९५ दसमलव ५० अंकमा पुुगेको छ । एक सय ८२ कम्पनीहरुको २३ हजार दुुई सय पाँच वटा कारोवारमा ५६ लाख ८६ हजार छ सय ८१ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुुई अर्ब २० करोड ६६ लाख ६२ हजार एक सय ८२ रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा १२ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक ४० दसमलव ४२ अंकले घटेर १२ सय ११ दसमलव ६१ अंकमा पुगेको छ । बिकास बैंक समुहको सुचक ४६ दसमलव छ अंकले घटेर १८ सय ३९ दसमलव ६५ अंकमा पुुगेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा पहिलो स्थानमा श्री इन्भेष्टमेन्ट फाईनान्स परेको छ भने बढी गुमाउने कम्पनीहरुको सुचीमा स्वाभिमान लघुुबित्त बित्तीय संस्था परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी परेको छ ।