• गृहपृष्ठ
  • पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

पिएसजी च्याम्पियन्स लिगको क्वाटरफाइनलमा

Mar 12th, 2020

काठमाडौँ, २९ फागुन

फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन(पिएसजी) च्याम्पियन्स लिगको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

बुधबार राति भएको अन्तिम १६ को दोस्रो लेगमा बोरुसिया डर्टमण्डलाई २-० गोल अन्तरले पराजित गर्दै समग्रमा ३-२ को जितसहित पीएसजी अन्तिम आठमा प्रवेश गरेको हो।

घरेलु मैदान पार्क डे प्रिन्समा भएको खेलमा पीएसजीलाई जित दिलाउन नेयमार र जुवान बर्नाटले एक एक गोल गरे ।

खेलको २८ औं मिनेटमा नेयमार गोल गर्दै पीएसजीलाई शुरुवाती अग्रता दिलाएका थिए । खेलको ४५ औं मिनेटमा बर्नाटले गोल गर्दै पीएसजीलाई २-० को अग्रता दिलाए । त्यसपछि दोश्रो हाफमा कुनै गोल हुनसकेन र पिएसजी क्वाटरफाइनलमा प्रवेश गरेको हो । पीएसजी छैटौं पटक च्याम्पियन्स लिगको क्वाटरफाइनल पुगेको हो ।

पहिलो लेगमा पिएसजी २-१ ले पराजित भएको थियो।

डर्टमण्डका एम्रे चानले ८९औं मिनेटमा रातो कार्ड खाँदै मैदान छाडेका थिए र १० खेलाडीमा समेटिएको थियो ।