झण्डै ७४ अंकले बढ्यो नेप्से

Mar 11th, 2020

काठमाडौ, फागुन २८

नेप्से आज बुुधबा झण्डै ७३ दसमलव ७८ अंकले बढेर १४ सय २३ दसमलव नौ अंकमा पुुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि १४ दसमलव ३३ अंकले बढेर तीन सय चार दसमलव ६९ अंकमा पुुगेको छ । एक सय ८० कम्पनीहरुको २३ हजार दुुई सय ३७ वटा कारोवारमा ५६ लाख २६ हजार आठ सय १२ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम दुई अर्ब २२ करोड १० लाख ८१ हजार छ सय ९० रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा ११ वटा समुहको सुचक बढेर सामुुहिक लगानी कोष समुहको सुचक घटेर बाँकी समुहको सुचक बढेकाछन । ति मध्ये बाँणिज्य बैंक समुहको सुचक भने आज ६८ दसमलव ४७ अंकले बढेर १२ सय ५२ दसमलव तीन अंकमा पुगेको छ । बिकास बैंक समुहको सुचक पनि ७४ दसमलव ४४ अंकले बढेर १८ सय ८६ दसमलव २५ अंकमा पुुगेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक र अन्य समुहको सुचक पनि बढेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीहरुको सुचीमा साल्ट टे«डिङ कर्पोरेशन नेपाल लिमिटेड परेको छ भने बढी गुुमाउने कम्पनीहरुको सुचीमा हिमाल दोलखा पावर कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ ।