• गृहपृष्ठ
  • राष्ट्रियसभामा काँग्रेस संसदीय दलको नेतामा अधिकारी

राष्ट्रियसभामा काँग्रेस संसदीय दलको नेतामा अधिकारी

Mar 10th, 2020

काठमाडौँ, २७ फागुन (रासस)

नेपाली काँग्रेसले राष्ट्रियसभामा पार्टीको संसदीय दलको नेतामा राधेश्याम अधिकारीलाई मनोनयन गरेको छ ।

पार्टीका सभापति एवं काँग्रेस संसदीय दलका नेता शेरबहादुर देउवाले रिक्त रहेको उक्त पदमा आज राष्ट्रियसभाका सदस्य अधिकारीलाई मनोनयन गर्नुभएको हो । सभापति देउवाले पार्टीको संसदीय दलको विधान बमोजिम अधिकारीलाई मनोनयन गर्नुभएको सभापति देउवाका निजी सचिव केशवराज जोशीले जानकारी दिनुभयो ।