• गृहपृष्ठ
  • नेप्सेमा नकारात्मक सर्किट, कारोबार बन्द

नेप्सेमा नकारात्मक सर्किट, कारोबार बन्द

Mar 10th, 2020

काठमाडौँ, २७ फागुन

नेप्से आज ८६ दसमलव ३९ अंकले घटेर १३ सय ४९ दसमलव ३१ अंकमा पुुगेको छ । सेन्सिटिभ इन्डेक्स पनि १७ दसमलव ३५ अंकले घटेर दुुई सय ९० दसमलव ३६ अंकमा पुुगेको छ । एक सय ६१ वटा कम्पनीहरुको नौ हजार दुई सय ३९ वटा कारोवारमा २७ लाख ३५ हजार चार सय १८ कित्ता सेयर खरिद बिक्री हुंदा कारोवार रकम एक अर्ब सात करोड ६६ लाख ९६ हजार तीन सय रुपैयाँ पुुगेको छ ।

नेप्सेमा आज १२ वटा समुहको कारोवार भएकोमा १२ वटै समुहको सुचक घटेर नेप्से पुरै रातो भएको छ । सो मध्ये बाँणिज्य बैंक समुहको सुचक छ दसमलव ५८ अंकले घटेर ११ सय ८३ दसमलव ५७ अंकमा पुुगेको छ । बिकास बैंक समुहको सुचक पनि ९१ दसमलव ३३ अंकले घटेर १८ सय ११ दसमलव ८१ अंकमा पुगेको छ । जलबिद्युुत, लघुुबित्त, निर्जिवन बीमा, जीवन बीमा, टे«डिङ, होटल, फाईनान्स, उत्पादनमुुलक, अन्य र सामुुहिक लगानी कोष समुहको सुचक पनि घटेकाछन ।

नेप्सेमा आज बढी कमाउने कम्पनीको सुुचीमा पहिलो स्थानमा एनआइबिएल समृद्धि फण्ड परेको छ भनचे बढी गुमाउने कम्पनीहरुको सुचीमा नेको इन्स्योरेन्स कम्पनी परेको छ । यसैगरी बढी रकम कारोवार गर्ने कम्पनीहरुको सुचीमा भने आज नेपाल लाईफ इन्स्योरेन्स कम्पनी पहिलो स्थानमा परेको छ । नेप्से आज कारोवार सुरु भए लगत्तै पाँच प्रतिसतले घटेपछि १२ः३० बजेदेखि ४० मिनेटको लागि नियमित कारोवार स्थगन गरिएको थियो ।