• गृहपृष्ठ
  • घाँस काट्न निस्केकी महिला मृतावस्थामा

घाँस काट्न निस्केकी महिला मृतावस्थामा

Mar 9th, 2020

डोटी, २६ फागुन (रासस)

जिल्लाको दिपायल सिलगढी नगरपालिका–९ कलेनामा एक महिला मृतावस्थामा फेला परेकी छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक दिलीपसिंह देउवाले घरनजिकैको जङ्गलमा घाँस काट्न गएकी ४५ वर्षीया राजु कामी आइतबार साँझ मृतावस्थामा भेटिएको जानकारी दिनुभयो ।

शव परीक्षणका लागि जिल्ला अस्पतालमा राखिएको छ ।