• गृहपृष्ठ
  • मुख्यमन्त्री राउतद्वारा होली पर्वको शुभकामना

मुख्यमन्त्री राउतद्वारा होली पर्वको शुभकामना

Mar 9th, 2020

जनकपुरधाम, २६ फागुन (रासस)

प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउतले आपसी भाइचारा र सद्भावका रुपमा शान्तिपूर्ण ढङ्गले हर्षोल्लासपूर्वक होली पर्व मनाउन आह्वान गर्नुभएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद्द्वारा आज यहाँ जारी विज्ञप्तिमा उहाँले देश–विदेशमा रहनुभएका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै सुस्वास्थ्य, दीर्घायु एवं उत्तरोतर प्रगतिको कामना गर्नुभयो । जनकपुरको ऐतिहासिक तथा सांस्कृतिक धरोहरका रूपमा रहेको मध्यमिथिला डोला परिक्रममा सहभागी हुनुभएका सम्पूर्ण साधुसन्त एवं धर्मानुरागीमा मुख्यमन्त्री राउतले विज्ञप्ति मार्फत शुभकामना दिनुभएको छ ।