• गृहपृष्ठ
  • म्यानचेस्टर सिटी म्यानचेस्टर युनाइटेडसँग पराजित

म्यानचेस्टर सिटी म्यानचेस्टर युनाइटेडसँग पराजित

Mar 9th, 2020

काठमाडौँ, २६ फागुन

म्यानचेष्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई पराजित गर्दै इन्ग्लिश प्रिमियर लिगको पाँचौ स्थानमा उक्लेको छ । आइतबार भएको खेलमा युनाइटेडले सिटीलाईलाई २-० गोल अन्तरले पराजित गर्दै लिगको पाँचौ स्थानमा उक्लेको हो ।

म्यानचेष्टर युनाइटेडलाई जित दिलाउन एन्टोनी मार्सिएल र स्कट म्याकले एक एक गोल गरे ।

खेलको ३० औं मिनेटमा मार्सिएलले गोल गर्दै युनाइटेडलाई पहिले अग्रता दिलाएका थिए
। दोश्रो गोल स्कट म्याकले अतिरिक्त समयको छैटौं मिनेटमा गरेका थिए।

जितपछि म्यानचेस्टर युनाइटेड लिगको पाँचौं स्थानमा उक्लेको छ। म्यानचेस्टर युनाइटेडको २९ खेलबाट ४५ अंक छ । पराजित सिटीको २८ खेलबाट ५७ अंक छ र दोस्रो स्थानमा रहेको छ । लिभरपुल ८२ अंक सहित लिगको शिर्ष स्थानमा छ। लिभरपुल सिटी भन्दा २५ अंकले अघि रहेको छ ।