युभेन्टस लिगको शीर्ष स्थानमा

Mar 9th, 2020

काठमाडौँ, २६ फागुन

युभेन्टस इटालियन सिरी ए को शीर्ष स्थानमा उक्लिएको छ । आईतबार राति खाली रंगशालामा भएको खेलमा युभेन्ट्सले इन्टर मिलानलाई २–० ले पराजित गरेको हो ।

युभेन्टसको जितमा आरोन राम्सी र पाउलो ड्याबालाले एक एक गोल गरे ।

पहिलो हाफ गोल रहित बराबरिमा सकियको थियो । युभेन्टसले दुवै गोल दोस्रो हाफमा गरेको थियो ।

आरोन राम्सीले खेलको ५४ औ मिनेटमा गोल गर्दै युभेन्ट्सलाई सुरुवाती अग्रता दिलाएका थिए । त्यसपछि खेलको ६७ औं मिनेटमा पाउलो ड्याबालाले गोल गर्दै युभेन्ट्सको अग्रता दोब्बर बनाए ।

यसैगरी खेलको ७९ औं मिनेटमा मिलान पाडेलीले रेड कार्ड खाएपछि इन्टर मिलान १० खेलाडीमा सिमित भएको थियो।

त्यसपछि कुनै गोल हुन सकेन र युभेन्टसले जित निकालेका हो ।जितसँगै युभेन्टस लिगको शिर्ष स्थानमा उक्लेको छ।

युभेन्टसको २६ खेलबाट ६३ अंक रहेको छ । समान खेल खेलको लाजियोको ६२ अंक सहित लिगको दोश्रो स्थानमा छ। यसैगरी पराजित मिलान २५ खेलबाट ५४ अंकसहित तेश्रो स्तानमा छ।