neapl investment mega bank
  • गृहपृष्ठ
  • योजना बनाउन कृषिमन्त्री भुसालले लिए सातवटै प्रदेशका कृषिमन्त्रीसँग सुझाव

योजना बनाउन कृषिमन्त्री भुसालले लिए सातवटै प्रदेशका कृषिमन्त्रीसँग सुझाव

Mar 8th, 2020

लुम्बिनी, २५ फागुन (रासस)

कृषिमन्त्री घनश्याम भुसालले सातवटै प्रदेशका कृषिमन्त्रीसँग नेपालको कृषि क्षेत्रमा दीर्घकालीन विकासको लागि प्रदेशका विभागीय मन्त्रीहरुसँग सुझाव लिनुभएको छ । उहाँले सङ्घ, प्रदेश, स्थानीय तहबीच समन्वय गरेर कृषिको विकासका आगामी योजना, नीति, कार्यक्रम र बजेट सम्बन्धमा प्रदेश सरकारका मन्त्रीहरुसँग सुझाव लिनुभएको हो ।

बैठकमा सातवटै प्रदेशबाट सहभागी हुनुभएका कृषिमन्त्रीले आआफ्नो प्रदेश सरकारले कृषि क्षेत्रको सम्बन्धमा लिएको नीति, कार्यक्रम, योजना र बजेट समबन्धमा जानकारी गराउनुभएको थियो । प्रदेशमन्त्रीको योजना सुनिसकेपछि मन्त्री भुसालले कृषिमा देखिने गरी काम गर्न सबैको सहकार्य जरुरी रहेको बताउनुभयो ।

बैठकले विद्यमान कृषि परम्परा र कृषि क्षेत्रमा चल्दै आएको अभ्यास र कार्यक्रमले नेपालको कृषिको विकास नहुने हुँदा नयाँ र वैज्ञानिक ढङ्गको कृषि कार्यक्रम र नीति जरुरी रहेको निष्कर्ष निकालेको छ । यसैगरी बैठकले कृषिका सबै नीति, कार्यक्रम र योजनाको विषयमा पनि पुनर्विचार गर्नुपर्ने निचोड निकालेको छ ।

बैठकमा प्रदेश कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री प्रदेश नं १ का राम राना, प्रदेश नं २ का शैलेन्द्र साह, वाग्मती प्रदेशका दावादोर्जे लामा, गण्डकी प्रदेशका लेखबहादुर थापा, प्रदेश नं ५ का आरती पौडेल, कर्णाली प्रदेशका विनितादेवी चौधरी र सुदूरपश्चिम प्रदेशमा विमला केसीको सहभागिता रहेको छ ।