आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

Mar 8th, 2020

काठमाडौं, २५ फागुन

सर्लाही, ईश्वरपुर नगरपालिका-१३ महरानि बजारस्थित सोही नगरपालिका-१४ हरकठवा बस्ने सुरेन्द्र साह रौनियारको रौनियार बस्त्रालय एण्ड सु सेन्टरमा बिद्युत सर्ट भई शनिबार राति आगलागी हुँदा करिब १० लाख रुपैयाँ मुल्य बराबरको धनमाल जलेर नष्ट भएको छ ।

ईलाम, माईजोगमाई गाउँपालिका-१ शंखबुङ बस्ने धन कुमार निरौलाको घरमा करेन्ट सर्ट भई शनिबार राति आगलागी हुँदा घर पूर्णरूपमा जलेर करिब २४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

सुनसरी, ईटहरी उपमहानगरपालिका-१२ स्थित भानु अग्रवालको डोरमेट फ्याक्ट्रिमा बिद्युत सर्ट भई आइतबार बिहान आगलागी हुँदा फ्याक्ट्रिमा रहेको मेशिन पूर्णरुपमा जलेर करिब ५० लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

स्थानीय बासिन्दा तथा दमकलको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।