• गृहपृष्ठ
  • एपीएफ टोलीद्वारा बरामद चाँदी भन्सार कार्यालयमा बुझाइयो

एपीएफ टोलीद्वारा बरामद चाँदी भन्सार कार्यालयमा बुझाइयो

Mar 8th, 2020

पर्सा, फागुुन २५

पर्सा जिल्लाको बिरगंज महानगरपालिका २१ परवानीपुरबाट एपीएफ टोलीले बरामद गरेको चाँदीको तयारी गहना फागुन २५ गते भन्सार कार्यालय बिरगंजमा बुझाइएको छ ।

उक्त चाँदीको गहना सशस्त्र प्रहरी बल नेपाल नम्बर १४ गुल्म र नम्बर १५ गुल्म पर्साबाट खटिएको एपीएफ टोलीले फागुन २४ गते बिहान बरामद गरेको थियो । बिरगंजबाट काठमाडौंतर्फ आउँदै गरेको ना ५ ख ५८६८ नम्बरको यात्रुबाहक बसमा जाँच गर्दा उक्त गहना वेवारिसे अवस्थामा फेला परेपछि बरामद गरिएको हो ।

बरामद चाँदीको गहना पाँउजु रहेको छ । तयारी पाँउजु तौल गर्दा करीब तीन के.जी. रहेको छ भने सुनचाँदी व्यावसायी संघ पर्साले निर्धारण गरेअनुसार उक्त चाँदीको गहना जर्ती र रसायन बाहेक शुद्ध चाँदी १ के.जी. ७ सय ८६ ग्राम रहेको छ । उक्त चाँदीको गहनाको भन्सार दाखिला मूल्य १ लाख ३९ हजार ३ सय ८ रुपैयाँ रहेको छ ।