• गृहपृष्ठ
  • महिला विश्वकप क्रिकेटः अस्ट्रेलियाले ब्याटिङ रोज्यो, प्रभावशाली शुरुवात

महिला विश्वकप क्रिकेटः अस्ट्रेलियाले ब्याटिङ रोज्यो, प्रभावशाली शुरुवात

Mar 8th, 2020

मेलबोर्न, २५ फागुन (राससरएएनआई)

अस्ट्रेलियामा जारी टी२० महिला विश्वकप क्रिकेटको उपाधिका लागि अस्ट्रेलिया र भारतबीच मेलबोर्न क्रिकेट मैदान (एमसिजी) मा आइतबार खेल हुँदैछ ।

अस्ट्रेलियाका कप्तान मेग ल्यानिङले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्नु भएको छ । चालू शृङ्खलामा अस्ट्रेलिया अविजित रहेका कारण उपाधिको हकदार मानिएको छ ।

महिला क्रिकेट विश्वकपको फाइनलमा भारत पहिलो पटक पुगेको हो । एमसिजीमा ८० हजारभन्दा बढी दर्शकका सामुन्ने खेल्नुपर्ने चुनौती भारतसमक्ष छ ।

अर्कोतर्फ, अस्ट्रेलियाले महिला विश्वकप उपाधि चार पटक जितिसकेको छ । हरेक पटक खेलिएका विश्वकपमा अस्ट्रेलिया नकआउट चरणमा प्रवेश गरेको छ ।
दुबै टिममा यसअघिकै खेलाडी समावेश छन् ।

अस्ट्रेलियाले २.३ ओभरमा विना विकेटको क्षतिमा २६ रन बनाएको छ ।

भारतीय टोलीमा शफाली बर्मा, स्मृति मन्धना, तनिया भाटिया, जमिमाह रोड्रिगेज, हर्मनप्रित कौर (कप्तान), वेदा कृष्णमुर्ती, दिप्ती शर्मा, शिखा पाण्डे, राधा यादव, पूनम यादव र राजेश्वरी गायकवाड रहनु भएको छ ।

अस्ट्रेलियाली टोलीमा एलिजा हिली, बेथ मूनी, मेग ल्यानिङ, जेस जोनासन, अस्ले गार्डनर, राचेल हेनिस, निकाला केरी, सोफी मोलिनक्स, जर्जिया वेयरह्याम, डेलिसा किमिन्स र मेगान सूट रहनु भएको छ ।