• गृहपृष्ठ
  • शुक्रबार १८ सय रुपैयाँले बढेको सुनको मूल्य आज स्थिर

शुक्रबार १८ सय रुपैयाँले बढेको सुनको मूल्य आज स्थिर

Mar 8th, 2020

काठमाडौं,फागुन २५

शुक्रबार तोलामा १८ सय रुपैयाँले बढेको सुनको मूल्य आज स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आजको लागि पनि छापावाला सुनको मूल्य प्रतितोला रु ८२ हजार ५०० र तेजाबी सुनको मूल्य प्रतितोला रु ८२ हजार २०० तोकेको छ ।

महासङ्घले आजको लागि चाँदीको मूल्य प्रतितोला रु ८९० तोकेको छ । शुक्रबार पनि चाँदी तोलामा रु ८९० रुपैयाँमा कारोबार भएको थियो ।