प्रिमियर लिगमा लिभरपुलको जित

Mar 8th, 2020

काठमाडौँ, २५ फागुन

ईङ्लिस प्रियिमर लिग फुटबलमा लिभरपुलले साँघुरो जित निकालेका छ । सोमबार राति इङ्लिश प्रिमियर लिग अन्तरगत भएको खेलमा लिभरपुलले बर्नेमाउथलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।

लिभरपुलको जितमा सलाहा र साडियो मानेले एक एक गोल गरे । बर्नेमाउथको विल्सनले एक गोल गरे ।

खेलमा पहिलो अग्रता भने बर्नेमाउथले लिएको थियो । खेलको ९ औं मिनेटमा विल्सनले गोल गर्दै बर्नेमाउथलाई अग्रता दिलाएका थिए । तर अग्रता धेरैबेर टिकेन ।२५ औं मिनेटमा मोहम्मद सालहले गोल गर्दै लिभरपुलका लागि बराबरी गोल फर्काए । त्यसपछि खेलको ३३ औं मिनेटमा मानेले गोल गर्दै लिभरपुललाई २–१ को अग्रता दिलाए । दोश्रो हाफमा कुनै गोल हुन सकेन र लिभरपुलले जित निकालेका हो ।

जितसँगै लिभरपुलले २९ खेलबाट ८२ अंक बनाएको छ । लिभरपुलले लिगमा २५ अंकको अग्रता कायम गरेको छ ।जारी लिगमा दोश्रो स्थानमा रहेको म्यानचेस्टर सिटी भन्दा लिभरपुल २५ अंकले अगाडि रहेको छ। पराजित बर्नेमाउथ २७ अंकसहित रेलिगेशन जोनमा छ ।