• गृहपृष्ठ
  • बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लियाे

बार्सिलोना स्पेनिस ला लिगा फुटबलको शीर्ष स्थानमा उक्लियाे

Mar 8th, 2020

काठमाडौँ, २५ फागुन

बार्सिलोना पुनः लिगको शीर्ष स्थानमा उक्लेको छ।

शनिबार राति भएको खेलमा रियल सोसियाडलाई १–० गोल अन्तरले हराउँदै बार्सिलोना शीर्ष स्थान उक्लिएको हो ।

बार्सिलोनालाई जित दिलाउन कप्तान लियोनल मेस्सीले एक गोल गरे । मेस्सीले पेनाल्टीमा गोल गरेका हुन्।

सोसियाडका रोबिन डी नर्मान्डको ह्याण्ड बलमा बार्सिलोनाले पेनाल्टीको अवसर पाएको थियो । जसलाई कप्तान लियोनल मेस्सीले सदुपयोग गरे र बार्सिलोनालाई जित दिलाए ।

जितपछि बार्सिलोना लिगको शीर्ष स्थानमा उक्लिएको छ। बार्सिलोनाले २७ खेलबाट ५८ अंक जोडेको छ । एक खेल कम खेलको रियलको ५६ अंक छ र लिगको दोश्रो स्थानमा छ ।पराजित सोसिडाड ४३ अंक सहित तालिकाको छैटौ स्थानमा यथावत छ ।