• गृहपृष्ठ
  • नेपाल धितोपत्र बोर्डको पाँचौं अधिबेशन सम्पन्न

नेपाल धितोपत्र बोर्डको पाँचौं अधिबेशन सम्पन्न

Mar 7th, 2020

काठमाडौ, फागुुन २४

नेपाल धितोपत्र बोर्ड कर्मचारी युनियनको पाँचौं अधिवेशन बोर्डको सभाहल, जावलाखेल ललितपुरमा सम्पन्न भएको छ । अधिवेशनको उद्घाटन सत्र युनियनका अध्यक्ष राजु बहादुर जिसीको अध्यक्षतामा सम्पन्न भयो थियो ।

उद्घाटन सत्रको प्रमुख अतिथि बोर्ड अध्यक्ष भिष्मराज ढुङ्गानाले मन्तव्य राख्दै व्यवस्थापन र युनियन संगसंगै मिलेर बजारको विकासमा लाग्नु पर्ने कुरामा जोड दिए । त्यसैगरी, बोर्डका कार्यकारी निर्देशकद्वय परिष्टनाथ पौड्याल र निरज गिरीले कार्यक्रमको सफलताको शुभ कामना व्यक्त गरे ।

विगत १४ बर्ष देखि राजु बहादुर जि.सी.को नेतृत्वमा रहेको यस युनियनको पाँचौ अधिवेशन मार्फत तोलाकान्त न्यौपानेको नेतृत्वमा नयाँ कार्य समिति समेत सर्वसम्मतले रुपमा चयन गरेको छ । कार्यसमितिको उपाध्यक्षमा नहकुल भट्टराई, सचिवमा श्यामु मण्डल, कोषाध्यक्षमा सनु खड्का र सदस्यहरुमा राजन खतिवडा, अजय ढुंगाना, संगम राई, वसन्त रसाली र विपिन सापकोटा समेत सर्वसम्मत रुपमा चयन हुनु भएका छन् । कार्यसमितिको कार्यकाल ४ बर्षको हुनेछ ।