• गृहपृष्ठ
  • होटल एम्बेसडरले मनायो ४२ औं स्थापना दिवश

होटल एम्बेसडरले मनायो ४२ औं स्थापना दिवश

Mar 7th, 2020

काठमाडौ, फागुन २४

होटल एम्बेसडरले ४२ औं स्थापना दिवस मनाएको छ । स्थापना दिवसको अवसरमा बिज्ञप्ती जारी गर्दे होटलले भनेको छ, हामी अहिले एसिई होटल्सद्धारा संचालित होटल एक्बेस्डरको तेस्रो पुःनरागमन तथा ४२ औं स्थापना दिवशको सुखद अवशरमा खुशीयाली साट्न जम्मा भएका छौ । यो घडीसम्म आईपुग्दा सपना देख्ने र त्यसलाई साकार पार्ने दृढ इच्छाशक्ति भएकाहरुलाई कुनै पनि बाधाव्यवधानले रोक्न सक्दैन भन्ने तथ्य प्रमाणित भएको छ । पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईको प्रमुख आतिथ्यतामा यो भब्य कार्यक्रम भएको छ ।

सेवा उद्योगको प्रतिष्ठित नाम एसिई होटल्सद्धारा संचालित एम्बेस्डर काठमाडौको लैनचौरमा रहेको चारतारे सुविधा सम्पन्न बुटिक होटल हो । यसले आफ्ना पाहुनालाई राम्रो वातावरण र सम्पूर्ण शहरी सुविधा उपलब्ध गराउँदै आएको छ । यसमा विभिन्न दर र सुविधा भएका ७२ कोठा, दुई उपहार पसल, एक सभा हल, दुई मिटिङ हल र लामरी बेकरी पसल छ । होटलले संचालन गर्ने कोतेत्सु रेष्टुरेन्ट जावानीज खान मन पराउने माझ लोकप्रिय छ । त्यक्ति मात्रै होइन होटलले आफ्ना पाहुनालाई काठमाडौको बसाईमा स्वास्थ्य अझ सबल बनिरहोस भनेर योगा तथा मुटु सुरक्षा बारे सचेतना कक्षा समेत संचालन गर्ने गरेको छ ।

एसिई होटल अन्तर्गत क्लब हिमालयन र होटल एम्बेस्डर गरी दुई होटल संचालनमा रहेका छन् । होटल एम्बेस्डर मा मात्रै हामीले करिब एक सय करोड लगानी गरीसकेको छौं । लगानी विस्तार गर्दै हामीले छिट्टै नै नयाँ हलहरु थप्ने योजना पनि बनाएका छौं ।

त्यस बाहेक पनि सिई कन्सट्रक्सनसंगको साझेदारीमा हामीले लुम्बिनी र नगरकोटमा होटल हब संचालन गर्ने समझदारी समेत गरेका छौं । होटल हब भनेको होटल मात्रै होइन त्यसमा अपार्टमेन्ट, सपिङ कक्प्लेकस, मुभि स्टिेशनहरु पनि समावेश गरिएका हुन्छन् । यो हामीले योजना गरेको एउटा महत्वाकांक्षी योाजना हो ।

अहिलेको समृद्ध अवश्थासम्म आईपुग्ने श्रेय हाम्रा श्रदेय पिता तथा होटलका स्थापक बसन्त बहादुर शाक्यलाई दिन चाहन्छौं । उहाले नै नेपालमा सेवा व्यवसायको अपार सम्भावना देख्नुभएको थियो । उहाँले स्थापना गरेको होटल अहिलेको समृद्ध अवश्थामा आएको हो । उहाँ दुरद्रष्टा हुनुहुन्थ्यो त्यसैले ४२ वर्ष पहिले नै पश्चिमा शैलीको अत्याधुनिक सुविधासम्पन्न ४ कोठे भवन बनाउनु भयो र त्यही जगमा उभिएर हामीले व्यवसायलाई निरन्तरता दिएका हौं ।

बसन्तबहादुरले घर भाडामा लगाउने उद्देश्यले लैनचौरको जमिनमा पश्चिमा शैलीको चार कोठे भवन बनाउनुभएके हो । त्यसबेला भवनमा व्यवस्थीत शौचालय सहितका ठूला ४ कोठा थिए । ईटाको पर्खाल लगाएर घेरीएको घरमा सुन्दर बगैचा र प्रसस्त जमिन पनि थियो । अत्याधुनीक सुविधासम्पन्न यस भवनमा पहिलो पटक बेल नामका बेलायती दुतावासका कर्मचारी भाडामा बसेका थिए । नेपालमा घर बनाएर छोटो समयका लागि भाडामा दिने युगको थालनी यहिबाट भएको हो । बसन्तबहादुर अहिलेको समृद्ध सेवा उद्योगको पथ प्रदर्शक नै हुन् ।

होटल तथा सेवा उद्योगको अपार सम्भावना देखेपछि शाक्यले आफ्नो चार कोठे घरलाई दश कोठा विस्तार गरी १९७८ मा एम्बेस्डर होटलका नाममा दर्ता गराएका थिए । दर्तासंगै मुख्य भवनको दुवैतपर्फ थप संरचना पनि थप्दै लगिएको थियो ।